मधेश प्रदेशमा १४ सिटसहित एमाले पहिलो दल

काठमाडौं, मंसिर १२ ।  गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ ।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेशसभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटससहित एमाले पहिलो दल हुन सफल भएको हो ।

विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको निर्वाचनमा एमाले १४ सिटसहित पहिलो राजनीनितक दल भएको हो ।

यसैगरी, कांग्रेस १३ सिटसहित दोस्रो स्थानमा छ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले ९ सिटमा जित हासिल गरेर तेस्रो स्थानमा छ । यसअघि सो पार्टी पहिलो स्थानमा रहेर मधेस प्रदेश सरकारको नेतृत्व गरेको थियो ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ७ स्थानसहित चौथौं नम्बरमा छ । यसअघि सो पार्टीले दोस्रो स्थानमा रहेको थियो ।

पहिलो पटक मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीले ६ वटा प्रदेशसभा सिटमा विजय हासिल गरेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले ४–४ स्थानमा विजय हासिल गर्दा ६ जना स्वतन्त्रले मधेस प्रदेशसभाका लागि विजय हासिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्