समानुपातिकतर्फ माओवादीले कटायो १० लाख, कुन दलको कति पुग्यो ?

काठमाडौं, मंसिर ११ ।  समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट (आइतबार बिहान अपराहन्न ४:२० बजे ) अनुसार अहिलेसम्म ८८ लाख १० हजार १४२ मत गणना भइसकेको छ ।

जस अनुसार नेकपा एमाले सबैभन्दा अगाडी रहेको छ । एमालेले समानुपातिकमा अहिलेसम्म २४ लाख २३ हजार ३३५ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २३ लाख ३ हजार ६५७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म १० लाख मत कटाएको छ । माओवादी केन्द्रले १० लाख ८ हजार १०० मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ९६६ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै राप्रपाले समानुपातिकतर्फ अहिलेसम्म ५ लाख १६ हजार ६८७ मत प्राप्त गरेको छ भने जसपाले ३ लाख २ हजार २५१ मत प्राप्त गरेको छ ।

त्यसैगरी एकीकृत समाजवादी पार्टीले २ लाख ३७ हजार ४९ मत प्राप्त गरेको छ भने जनमत पार्टीले २ लाख ३५ हजार १४४ मत प्राप्त गरेको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १०८ मत प्राप्त गरेको छ भने लोसपाले एक लाख २२ हजार ७०३ तथा नेपाल मजदुर किसान पार्टीले ७० हजार ४७३ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

त्यस्तै हाम्रो नेपाली पार्टीले ४९ हजार ९०९ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्