देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ : विमलेन्द्र निधि
काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताएका हुन् ।
शनिबार निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले बताए ।
शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए ।
देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने निधिको भनाइ रहेको छ । गठबन्धनको नेतृत्व गरिरहेकोले संसदीय दलको नेता देउवा नै हुनुपर्ने निधिले अडान लिए ।















प्रतिक्रिया दिनुहोस्