प्रधानमन्त्री ताकेका गगन थापालाई लाग्यो यस्तो गम्भीर आरोप, हुनसक्छ कारबाही
काठमाडौँ , मंसिर ११ । प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर संसदीय दलको नेताका लागि तयारीमा लागेका गगन थापालाई गम्भीर आरोप लागेको छ ।
कांग्रेस महामन्त्री थापालाई रवि लामिछानेको स्वतन्त्र पार्टीसँग मिलेर छानी छानी कांग्रेस तथा गठबन्धनका उम्मेद्वार हराएको आरोप लागेको हो ।
युवा र स्वतन्त्रको लहर ल्याउनमा रवि लामिछाने भन्दा गगन थापा जिम्मेवार रहेको आरोप तथा उजुरी बालुवाटारमा पुगेको छ । खासगरी स्वतन्त्र पार्टीका उम्मेदवारसँग हारेका नेता तथा पूर्वमन्त्रीहरुले नै बालुवाटारमा गगनविरुद्ध उजुरी गरेका हुन् ।
काठमाडौँ ८ बाट पराजित भएका भीमसेनदास प्रधानले गगनविरुद्ध आफूलाई हराएको र युवाको नाममा कांग्रेस कार्यकर्तालाई हराउन भूमिका खेलेको आरोपसहित उजुरी गरेका स्रोतले जनाएको छ । यस्तै चितवन २ बाट हारेका उमेश श्रेष्ठले पनि देउवासमक्ष गगनविरुद्ध उजुरी पेश गरेका छन् ।
आफूले जित्ने सम्भावना हुँदाहुँदै कांग्रेस कार्यकर्तालाई उचालेर रवि लामिछानेलाई भोट हाल्न गगनले लगाएको श्रेष्ठको आरोप छ । यी त केही देखिएका गुनासा मात्रै हुन् ।
गगनमाथि कांग्रेसभित्र असन्तुष्टि, गुनासो, आरोप, आक्रोशित र आक्रान्त पनि छ । किनकी गगनले गर्दा नेपाली राजनीतिमा जबर्जस्त पुस्तान्तरण सुरु भएको छ । यसले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पनि त्रसित देखिन्छन् ।
यता कांग्रेसभित्र अन्तर्घात गर्ने गगनलाई कारबाही गर्न जति नै उजुरी पुगेपनि महामन्त्री भइसकेका गगनलाई कारबाही गर्न देउवालाई सहज छैन । यदि सहज अवस्थामा थप कडा कदम नचाले उनलाई नै क्षति गर्ने सम्भावना पनि छ । यसकारण कारबाहीको डण्डा गगनमाथि बजाउन देउवाले धेरै कुरा सोच्नुपर्ने हुन्छ ।















प्रतिक्रिया दिनुहोस्