सुदूरपश्चिम प्रदेश: प्रतिनिधिसभामा माओवादी शून्य

काठमाडौं, मंसिर ९ । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा प्रतिस्पर्धा गरेको थियो । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा माओवादी केन्द्रले चार क्षेत्र पाएको हो ।

ती चार क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । चारै क्षेत्रबाट माओवादी केन्द्रका उमेदवार पराजित भए । योसँगै सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट माओवादी केन्द्रकी उमेदवार बीना मगर, कैलाली क्षेत्र नम्बर–२ बाट सोही पार्टीका भगत बढुवाल, कैलाली–३ बाट माओवादी केन्द्रकै कृष्णकुमार चौधरी र बैतडीबाट सोही पार्टीका नरेन्द्र कुँवर पराजित भएका हुन् ।

कञ्चनपुर–१ बाट नेकपा (एमाले)का उमेदवार तारा लामा तामाङ निर्वाचित भए ।  कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार अरुणकुमार चौधरी २१ हजार ८७१ मत ल्याउँदै निर्वाचित भए ।

कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार गंगाराम चौधरी २३ हजार १२० मतसहित निर्वाचित भए ।  बैतडीबाट नेकपा (एमाल)का सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका दामोदर भण्डारी निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्