आयोगले खटायो मतगणना रोकिएका स्थानमा प्रतिनिधि

काठमाडौं,  मंसिर ९ – निर्वाचन आयोगले मतदान भई मतगणना सुरु हुन नसकेका स्थानमा प्रतिनिधि पठाएको छ। आयोगले दोलखा, स्याङ्जा २ र बाजुरामा प्रतिनिधि खटाएको हो। एमालेले निर्वाचन धाँधली भएको भन्दै उजुरी दिएकाले यी क्षेत्रमा मतगणना सुरु भएका छैनन्।

आयोगका प्रवक्ता शालिग्राम शर्माले मतगणना सुरु नभएका क्षेत्रमा सत्यतथ्य बुझ्न प्रतिनिधि पठाइएको बताए। ‘आयोगबाट गएका प्रतिनिधिले दिएको रिपोर्टपछि ती क्षेत्रमा के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने। आयोगका प्रतिनिधि जिल्लामा पुगेर चुनावका दिन भएका घटनाबारे बुझ्नेछन्। आयोगका अनुसार मतदान स्थगित भएको बाजुरामा शनिबार मतदान हुँदै छ।

प्रतिक्रिया दिनुहोस्