सुनको मूल्य स्थिर रहँदा चाँदी चाहिँ घट्यो
काठमाडौं , मंसिर ९ । साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रूपैयाँमै कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्