धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी
काठमाडौं, मंसिर ८ । धादिङ २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।
नेपाली कांग्रेस धादिङका जिल्ला सभापति समेत रहेका अधिकारीले नेकपा एमाले नेता खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन्।
सम्पन्न मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएका छन् भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मतमा समेटिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले ५ हजार ५ सय २५ मत पाइन्। ३ हजार ३ सय ७३ मत बदर भएको छ।















प्रतिक्रिया दिनुहोस्