प्रहरीको बर्दी लगाएर न्यूरोडबाट १० तोला सुन लुटपाट
काठमाडौं, मंसिर ८ । मुलुक चुनावी मत परिणाममा व्यस्त भैरहेका बेला प्रहरी हवल्दारको बर्दी लगाएर न्यूरोडबाट १० तोला सुन लुटपाट भएको छ ।
लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
न्युरोडमा रहेको सुन बनाउने कारखानामा पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए । प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्