७३ क्षेत्रको मत परिणाम : कांग्रेस २८ स्थानसहित पहिलो, एमाले पछ्याउँदै

काठमाडौं, मंसिर ८ । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

पछिल्लो मतपरिणाम प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । दोस्रो स्थानमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्रले लिड गरिरहेको छ ।

७३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म २८ स्थानमा कांग्रेसले विजयी हासिल गरेको छ । यस्तै एमालेले १६ स्थानमा जितिसकेको छ ।

माओवादी केन्द्रले ८ र समाजवादीले ७ स्थानमा विजय हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ६ स्थानमा निर्वाचित भएको छ। राप्रपाले २, जसपाले १ स्थानमा जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ स्थान जितेको छ ।

राष्ट्रिय जनमोर्चा, लोकातान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले १–१ स्थान जितेको छ ।

प्रतिक्रिया दिनुहोस्