चितवन–२ बाट रवि लामिछाने ३४ हजार बढी मतान्तरसहित  विजयी

काटमाठौं, मंसिर ८ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६४९ मत पाए ।

पोख्रेल यहाँबाट दुई पटक सांसद भइसकेका व्यक्ति हुन्। निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ। यहाँ ८४ हजार ३२७ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्