विश्वकपमा आज चार खेल हुँदै, ब्राजिलले सर्बियाको सामना गर्दै

काटमाठौं, मंसिर ८ ।  कतार फिफा विश्वकपअन्तर्गत बिहीबार समूह ‘जी’ र ‘एच’ का चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अपराह्न पौने चार बजे स्विट्जरल्यान्ड र क्यानरुनबीच हुनेछ ।

राति पौने ७ सात बजे दक्षिण अमेरिकी टोली उरुग्वे र एसियाली मुलुक दक्षिण कोरिया आमने सामने हुनेछन् ।

यसैगरी राति पौने दश बजे पोर्चुगल र घानाले प्रतिस्पर्धा गर्दा राति पौने एक बजे ब्राजिललाई सर्वियाले चुनौती पेश गर्नेछ ।

समूह ‘जी’ मा स्विट्जरल्यान्ड, क्यामरुन, ब्राजिल र सर्विया छन् भने समूह ‘एच’मा उरुग्वे, दक्षिण कोरिया, पोर्चुगल र घाना छन् ।

प्रतिक्रिया दिनुहोस्