दाङ-२ मा रेखा शर्माले जितिन्, एमाले महासचिव शंकर पोखरेल पराजित
काठमाडौं, मंसिर ८ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन्।
उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन्।
शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याएका छन्। उनीहरूबीच मतान्तर २६४ छ।















प्रतिक्रिया दिनुहोस्