प्रचण्ड गोरखा–२ बाट दोब्बर बढी मतले चौंथो पटक विजयी

काठमाडौं, मंसिर ८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर–२ बाट विजयी भएका छन् ।

प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए । एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे ।

गोरखा–२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो । प्रचण्ड चौथो पटक सांसद बनेका हुन् ।

०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए । ०७४ मा चितवनबाट निर्वाचित भएका प्रचण्ड यस पटक गोरखा २ बाट विजयी भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्