आफ्नो जित सुनिश्चित भएको भन्दै नेता नेपालले भने – विना ढेउवा पनि चुनाव जित्न सकिन्छ
काठमाडौं, मंसिर ७ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले विना ढेउआ पनि चुनाव जित्न सकिने बताएका छन्।
रौतहटको सदरमुकाम गौर बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले चुनाव जित्नको लागि धेरैले खर्च गरेको समाचार आइरहदा आफुले विना ढेउवा चुनाव जितेको दाबी गरे।
रौतहट क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा उम्मेदवार नेता नेपालले पचास प्रतिशत मतगणना सकिएपछी आफ्नो जित सुनिश्चित भएको बताएका छन्।
पाच हजार भन्दा बढी अग्रता लिइ सकेका नेता नेपालले बाँकी रहेका पन्ध्र वडाको मतगणनामा पनि आफुले अन्तर बढाउदै जाने विश्वास ब्यक्त गरे।
कति धेरै फराकिलो अन्तरले जित सुनिश्चित हुन्छ भन्ने प्रतीक्षा मात्र रहेको नेता नेपालको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्