उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी- २ बाट सीके राउत विजयी

काठमाडौं, मंसिर ७ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत) सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

सप्तरी क्षेत्र नम्बर–२ बाट राउत भारी मतान्तरले निर्वाचित भएका हुन्।

राउतसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव १८ हजार ६३ मतान्तरले पराजित बनेका छन्।

राउतले ३५ हजार ४२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी यादवले १६ हजार ९७९ मत मात्रै प्राप्त गरे।

सोही क्षेत्रबाट पाँचदलीय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्