रेशम चौधरीका बुवा लालवीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित
काठमाडौं, मंसिर ७ । बर्दिया क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी भएका छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् ।
चौधरीले २६ हजार ५२० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार ३८४ मत प्राप्त गरे ।
यसैगरी, नेकपा (एमाले)का पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे । राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे ।
विजयी चौधरी रेशम चौधरीका बुवा हुन् । रेशमको उमेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उमेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो ।
क्षेत्र नम्बर–२ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार १९९ मत खसेको थियोे । पाँच हजार ३८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्