जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी

काठमाडौं, मंसिर ७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा विजयी भएका छन्।

बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी भएका हुन्।सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याए।

उनका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्