काठमाडौँका १० क्षेत्रको नतिजा सार्बजनिक, कुन कुन दलले जिते ?

काठमाडौं, मंसिर ७ ।  सबैभन्दा बढी १० क्षेत्र रहेको काठमाडौँ जिल्लाको मत गणना सकिएको छ ।

काठमाडौँबाट प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ र नेकपा एमालेले एक स्थानमा जित हासिल गरेको छ ।

काठमाडौँ-१ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंहले राप्रपाका रविन्द्र मिश्रलाई पराजित गरेका छन् ।

त्यस्तै काठमाडौँ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी २७ बर्षिय सोबिता गौतमले एमालेका मणिराम फुयाललाई पराजित गरेकी छन् ।

त्यस्तै काठमाडौँ-३ मा नेपाली काँग्रेसका सन्तोष चालिसेले एमालेका कृष्ण राईलाई पराजित गरेका छन् ।

त्यस्तै काठमाडौँ-४ बाट नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका राजन भट्टराईलाई पराजित गरेका छन् ।

त्यस्तै काठमाडौँ-५ बाट नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पराजित गरेका छन् ।

त्यस्तैगरी काठमाडौँ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले एमालेका सर्वेन्द्र खनाललाई पराजित गरे भने काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै गणेश पराजुलीले एमालेका श्याम घिमिरेलाई पराजित गरेका छन् ।

त्यस्तै काठमाडौँ-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई पराजित गरेका छन् ।

त्यस्तै काठमाडौँ-९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका छन् भने काठमाडौँ-१० मा नेपाली काँग्रेसका राजेन्द्र केसीले एमालेका हिमेश केसीलाई पराजति गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्