नाइजेरियामा बस दुर्घटना: ३७ जनाको मृत्यु

काठमाडौं, मंसिर ७ । नाइजेरियामा बस दुर्घटना हुँदा कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए ।यसरी बस जुध्दा ती बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि ३७ जनाको ज्यान गएको त्यहाँको प्रान्तीय प्रहरीले जानकारी दिएको छ ।

बोर्नो प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस आपसमा ठोक्किन पुगेका बताएका छन् ।

यसरी बस ठोक्किँदा बसमा आगो लागेको समेत उनले बताए । बसमा आगो लागेपछि त्यहाँका अधिकांश यात्रुको जलेर मृत्यु भएको बताइएको छ ।

बोर्नो राज्यको माइदुगुरी सडकमा यस्तो दुर्घटना भएको हो ।दुवै बस द्रुतगतिमा गुडेका र आपसमा गति गुमाउन पुगेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्