गोरखा-२ मा प्रचण्ड ११ हजारभन्दा बढी मतले अगाडी

काठमाडौं, मंसिर ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ मा लगातार अग्रता बढाइरहेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार प्रचण्डले १७ हजार ७५३ मत प्राप्त गरेका छन् ।

प्रचण्ड दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीभन्दा ११ हजार ७८६ मतले अगाडी रहेका छन् ।

बुर्लाकोटीले ५ हजार ९६७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका अब्दुस मियाँले ४ हजार ५९८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्