गण्डकीमा सकियो १८ क्षेत्रको मतगणना, काे कहाँ विजयी भए?
काठमाडौं, मंसिर ७ । गण्डकीमा १८ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । कांग्रेसले १० सीट जितेर पहिलो स्थानमा छ भने एमाले ४ सीट जितेर दोश्रो स्थानमा छ ।
माओवादीले हालसम्म ३ सीट चुनाव जितेको छ । १ सीट स्वतन्त्रले सर्वसम्मत जितेका हुन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ २ (ख), मनाङ (क) मा जितेको हो । एमालेले नवलपुर २ (क) र (ख), कास्की २ (क) तथा तनहुँ २ (क) मा चुनाव जितेको छ ।
माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दी (ख) मा जित निकालेको छ । मनाङ (ख) मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए ।















प्रतिक्रिया दिनुहोस्