यी दुई सुन्दरी जो संसद भवन पुग्न सफल भइन् !

काठमाडौं, मंरि ७ । आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ २३ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जसमध्ये नेपाली कांग्रेसले १३, राष्ट्रिय स्वतन्त्र पार्टीले ४, नेकपा एमालेले ३, राप्रपाले १, नेकपा एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ ठाउँमा जितेका छन् ।

यसैबीच यस पटकको चुनाव जितेर दुई जना युवति संसद भवन पुग्न सफल भएकी छन् । ति हुन गहकिलो तर्कसहित तेजिलो बोल्ने क्षमता भएकी २७ वर्षीया सोबिता गौतम र ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की !

निर्वाचन आयोगले दिएको जानकारी अनुसार यो निर्वाचनमा संसद यात्रा गर्ने सबैभन्दा कान्छी सांसद बनेकी छन् सोबिता गौतम !  टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता र अधिवक्तासमेत रहेकी गौतमले काठमाडौं २ मा हेभिवेट र पुराना तथा परिवर्तनकारी उम्मेदवारलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हबाट संसद भवन पुग्न सफल भएकी छन्।

गौतमले अब कांग्रेसका महामन्त्री गगन थापा र युवा नेता प्रदीप पौडेलसँग रोष्ट्रममा उभिएर जनताका मुद्दा उठाउन पाउनेछिन्।युवा पुस्ताले चुनाव जित्नुपर्ने बताउने उनी आफैँ जनताको भविष्य कोर्ने नीति बनाउने ठाउँमा उक्लिएकी छन्।

त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले जित हासलि गर्दा उनी पनि जनताको भविष्य कोर्ने तर्फ अब अग्रसर देखिएकी छन् । कार्की १४ हजार २०८ मत ल्याएर विजयी भएकी हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अग्रता बढाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्