झापा-३ मा लिङदेनको अग्रता कायमै, सिटौला पछाडी

काठमाडौं, मंसिर ७ ।  झापा-३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले लगातार अग्रता बनाइरहेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार लिङदेनले अहिलेसम्म १८ हजार १३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसबाट उम्मेदवार बनेका कृष्ण सिटौलाले १५ हजार ४२७ मत प्राप्त गरेका छन् ।

अहिलेसम्मको गणनामा लिङदेनले सिटौलामाथि २७०७ मतको अग्रता लिएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले १२८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्