अहिलेसम्म २२ स्थानको नतिजा सार्बजनिक, कुन पार्टीले कहाँ जिते ?

काठमाडौं, मंसिर ७ ।  मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी रहेको छ । अहिलेसम्म २२ प्रतिनिधिसभा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जसमा नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेले ३-३ तथा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् ।

काँग्रेस

१- योगेश गौचन (मुस्ताङ)
२- टेकबहादुर गुरूङ (मनाङ)
३- प्रकाशमान सिंह (काठमाडौं-१)
४- सन्तोष चालिसे (काठमाडौं-३)
५- गगन थापा (काठमाडौं-४)
६- प्रदीप पौडेल (काठमाडौं-५)
७- राजन केसी (काठमाडौं-१०)
८- शंकर भण्डारी (तनहुँ-२)
९- हृदयराम थानी (सुर्खेत-२)
१०- उदयशमशेर राणा (ललितपुर-१)
११- रमेश रिजाल (पर्सा-४)
१२- शेरबहादुर देउवा (डडेल्धुरा)
१३- मोहन आचार्य (रसुवा)

राष्ट्रिय स्वतन्त्र पार्टी

१- विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
२- सोविता गौतम (काठमाडौं-२)
३- गणेश पराजुली (काठमाडौं-७)

एमाले

१- प्रेमबहादुर महर्जन (ललितपुर-२)
२- कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)
३- डम्बरबहादुर रायमाझी (उदयपुर-२)

एकीकृत समाजवादी

१- शेरबहादुर कुँवर (अछाम-१ )

राष्ट्रिय प्रजातन्त्र पार्टी

१- धवलशमशेर राणा (बाँके-२)

नागरिक उन्मुक्ति पार्टी

१- गंगाराम चौधरी (कैलाली-३)

प्रतिक्रिया दिनुहोस्