काठमाडौँ-५ मा ईश्वर पोखरललाई हराउदै प्रदिप पौडेल विजयी
काठमाडौं, मंसिर ७ । काठमाडौँ-५ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल विजयी भएका छन् ।
पौडेलले नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजार ६५ मत अन्तरले पराजित गरेका हुन् ।
पौडेलले कुल १५ हजार २३७ मत प्राप्त गरे भने पोखरेलले १० हजार १७२ मत प्राप्त गरेका छन् ।
त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणय शमशेर राणाले ४१७९ मत प्राप्त गरे भने राप्रपाका रामप्रसाद उप्रेतीले २५३०, स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले २१५६, अर्का स्वतन्त्र उम्मेदवार हेमराज थापाले १९८८ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्