देउवा डडेल्धुराबाट सातौ पटक निर्वाचित, रोक्न सकेनन् सागरले
काठमाडौं, मंसिर ७ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि विजयी भएका छन् ।
देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन् ।
देउवा यस क्षेत्रबाट सातौँपटक विजयी भएका छन् । उनी २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचित हुदै आएका छन् ।
देउवाका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उमेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे ।त्यस्तै नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत प्राप्त गरेका छन् ।
एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटक देउवालाई हराउन स्वतन्त्र उम्मेदवार सागर ढकाल र एमालेको साथ पाएका बीपी कांग्रेसका मल्ल असफल भएका हुन्।
यो जितसँगै देउवाले इतिहास रचेका छन्। डडेलधुरामा देउवाको उदयलाई निर्विकल्प रुपमासमेत हेरिएको छ।















प्रतिक्रिया दिनुहोस्