अर्जेन्टिनाको सुरुआती अग्रता, मेस्सीको कीर्तिमान

काठमाडौं, मंसिर ६ । कतारमा जारी विश्वकपको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिनाले सुरुआती अग्रता लिएको छ।

खेलको पहिलो हाफको नवौं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन्।

अर्जेन्टिनाले गरेको तीन गोल अफ साइड भएको छ। लटाउरो मार्टिनेजले गरेको दुई र मेस्सीले गरेको एक गोललाई रेफ्रीले अफ साइड दिएका हुन्।

आजको खेलमा गोल गरेसँगै मेस्सी चार वटा फरक विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टाइन खेलाडी बनेका छन्। सन् २००६ बाट विश्वकप खेलेका मेस्सीको यो पाँचौं तथा अन्तिम विश्वकप हो।

प्रतिक्रिया दिनुहोस्