झापा- ५ मा ओलीको अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौं, मंसिर ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् ।
मतगणनाको शुरुआत देखि नै उनि अग्रस्थानमा छन् । अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् । यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् ।
झापा–(१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका छन् । प्रारम्भिक परिणाम नुसार उहाँले नौ सय ८१ मत प्राप्त गरेका छन् ।
यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गरेका छन् । झापा–५(२) मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्