जुम्लामा ज्ञानेन्द्र शाहीलाई दोब्बर मतको अग्रता, जित नजिक

काठमाडौं, मंसिर ६ । जुम्लामा जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्र शाही आफ्नो निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले अग्रस्थानमा रहेका छन् । १३ हजार ६५ मतगणना हुँदा शाहीले ६ हजार ६६९ मत पाएका छन् ।

उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतमले २ हजार ८९० मत पाएकी छिन् । यस्तै एमाले उम्मेदवारले १ हजार ७९५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्