तनहुँ– १ मा पछि परे रामचन्द्र पौडेल

काठमाडौं, मंसिर ६ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् ।

नेकपा एमालेका उम्मेदवार एकबहादुर रानासँग पौडेल १३२ मतान्तरले पछि पारेका हुन्। ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन्।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले ५२२ मत पाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्