ललितपुर-१ मा काँग्रेसले अग्रता बढायो, एमालेका सिलवाल पछाडी
काठमाडौं, मंसिर ६ । ललितपुर-१ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता बढाउदै लगेका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका उदयशमशेर जबराले १४ हजार ९४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका नवराज सिलवालले १३ हजार ७०४ मत प्राप्त गरेर पछ्याइरहेका छन् । अहिलेसम्मको गणना अनुसार राणा सिलवालभन्दा १२३८ मतले अगाडी रहेका छन् ।
त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले २०९० मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्