चितवन-२ को मतपरिणाम अपडेट : अग्रता लिए रवि लामिछानेले

काठमाडौं, मंसिर६ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्