काठमाडौं क्षेत्र–५ मा प्रदीप पौडेललाई ८ हजार २२० मतको अग्रता

काठमाडौं, मंसिर ६ ।   काठमाडौं क्षेत्र–५ मा कांग्रेसका प्रदीप पौडेलले पछिल्लो मतगणनाअनुसार ८ हजार २२० मत ल्याएका छन्। एमाले उम्मेदवार ईश्वर पोखरेल ५ हजार ६८२ मत ल्याएर दोस्रो स्थानमा रहेका छन्। पौडेलले पोखरेलभन्दा २ हजार ५३८ बढी मत प्राप्त गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणाले २ हजार ९४५ र राप्रपाका रामप्रसाद उप्रेतीले १ हजार ७६० मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले २७१ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्