धादिङ-१ मा एमालेको अग्रता, मुख्यमन्त्री पाण्डे पछाडी
काठमाडौं, मंसिर ६ । धादिङ-१ मा प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीले अग्रता बनाएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार त्रिपाठीले ६१८८ मत प्राप्त गरेर अगाडी रहेका छन् ।
त्यस्तै एकीकृत समाजवादीबाट उम्मेदवार बनेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ५९७१ मत प्राप्त गरेर पछाएका छन् । अहिले त्रिपाठी पाण्डेभन्दा २१७ मतले अगाडी रहेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १९५९ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्