रवि लामिछानेले भने- टेलिभिजन र इन्टरनेटको पहुँच नभएकाले इच्छाकामनामा कम भोट आयो, अब लिड गर्छुं

काठमाडौं, मंसिर ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले चितवन २ मा अब आफूले लिड गर्ने दाबी गरेका छन्। मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब आफू पहिलो पोजिसनमा उक्लिने दाबी गरे।

इच्छाकामनाबाट आफूहरूले अपेक्षा गरेभन्दा राम्रो मत आएको दाबी रविको छ। ूइच्छाकामनामा टेलिभिजन र इन्टरनेटको पहुँच नभएकाले चिने भएका थिएनन् यस कारण सुरुमा निराशा थपियो । अब हामी लिड गर्छौँ। कालिकाको १ नम्बर वडाबाटै हामी पहिलो पोजिसनमा आउँछौँ उनले भने ।

दुर्गम र विकट गाउँ भएका कारण इच्छाकामनाका मतदातालाई आफूले भेट्नै नपाएको तर पनि अपेक्षा गरेकोभन्दा राम्रो मत आएको उनले बताए।

अहिलेसम्म यहाँ १० हजार ४६८ मत गणना भएको छ। इच्छाकामना गाउँपालिकाका ७ वडाको गणना सम्पन्न भएको हो। अहिलेसम्मको नतिजाअनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ६२६ मतसहित अग्रता बनाएका छन्। दोस्रोमा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २१६ मत पाएका छन्। तेस्रोमा रहेका रविसँग २ हजार ९७८ मत छ।

प्रतिक्रिया दिनुहोस्