यी हुन राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी रहेका ११ क्षेत्र, कुन कुन हुन् ?

काठमाडौं, मंसिर ६ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रतिनिधिसभा तर्फ अहिले ११ स्थानमा अग्रता बनाएको छ ।

निर्वाचन आयोगका अनुसार रास्वपाका अध्यक्ष रवि लामिछाने भने चितवन-२ मा पछि रहेका छन् ।

रास्वपाले अहिले काठमाडौँका चार क्षेत्रमा अग्रता कायम गरेको छ भने सुनसरीका २ क्षेत्रमा अगाडी रहेको छ ।

रास्वपाले काठमाडौँको २, ६, ७ र ८ नम्बर क्षेत्रमा अहिले अग्रता हासिल गरेको छ । काठमाडौँ-२ मा सोभिता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त महर्जनले अग्रता कायम गरेका छन् ।

त्यस्तै सुनसरीको २ मा लालविक्रम थापा र र ३ नम्बर क्षेत्रमा कमलबाबु मैनालीले अग्रता बनाएका छन् ।

त्यसैगरी ललितपुर-३ मा डा. तोसिमा कार्कीले अग्रता बनाएकी छन् भने चितवन-१ मा हरि ढकालले अग्रता बनाएका छन् ।

त्यस्तै कास्की-२ मा माधवप्रसाद कँडेलले अग्रता बनाएका छन् भने रुपन्देही-२ मा गणेश पौडेल अगाडी रहेका छन् ।

त्यसैगरी नवलपरासी पश्चिम-१ मा महेन्द्र सेनले काँग्रेसका विनोद चौधरीलाई पछि पार्दै अग्रता बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्