रौतहट-१ बाट माधवकुमार नेपालको अग्रता कायमै
काठमाडौं, मंसिर ६ । रौतहट । रौतहट-१ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायम राखेका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार अध्यक्ष नेपालले ७६०९ मत प्राप्त गरेर अगाडी रहेका छन् ।
त्यस्तै यस क्षेत्रमा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले ६९२३ मत प्राप्त गरेका छन् । नेपालले गुप्ताभन्दा ६८६ मत बढी ल्याएका छन् ।
त्यस्तै जनमत पार्टीका राजेन्द्रप्रसाद शाहले १५० मत ल्याएका छन् भने नेपाल सुशासन पार्टीका रंजित कुमार पटेलले ११३ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्