गोरखा-२ मा प्रचण्डको फराकिलो अग्रता

काठमाडौं, मंसिर ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ मा लगातार अग्रता बनाइरहेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार प्रचण्डले ५९८० मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १६८२ मत प्राप्त गरेका छन् । प्रचण्ड दोस्रो स्थानमा रहेका बुर्लाकोटीभन्दा ४२९८ मतले अगाडी रहेका छन् ।

त्यस्तै नेकपा एमालेका अब्दुस मियाले १४३८ मत पाएर तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्