लेखराज भट्टको घरमै घुसेर ज्यान मार्ने धम्की
काठमाडौं, मंसिर ६ । कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिइएको छ।
पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका भट्टलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको हो।
आज बिहान अत्तरियास्थित भट्टको निवासमा पुगेर ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ। उनलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टले बताए।
पक्राउ पर्नेमा सोही स्थानका शेरबहादुर लामा र दीपेन्द्र विक रहेका छन्। भट्ट निवासमा नभएको समयमा उनको घरमा पुगेर धम्की दिएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। प
क्राउ परेका दुबै जना पूर्वलडाकु हुन्।लेखराज कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत छन्।
यहाँ उनले अहिलेसम्मको मतगणनामा अग्रता लिएका छन्। उनलाई नेपाली काँग्रेसका वीरबहादुर बलायरले पछ्याइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्