८ दिनभित्र नतिजा आउँछ : आयुक्त थपलिया

काठमाडौँ , मंसिर ६ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गर्ने बताएका छन् । उनले सोहि अनुसार मतगणना भइरहेको पनि बताएका छन्।

मङ्गलवार काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै थापलियाले यस्तो बताएका हुन् ।

उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा चाडै आउने बताए । उनले भने, आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्