जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही जिततर्फ

काठमाडौं, मंसिर ६ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता कायमै राखेका छन्।

हालसम्म १० हजार मतगणना हुँदा राप्रपाका शाहीले ५ हजार ५६९ प्राप्त गरेका छन्। अग्रता फराकिलो बनाउँदै उनले आफ्नो जित सुनिश्चित गर्ने दिशामा अघि बढेका छन्।

यस्तै, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन्।

यहाँएमालेका रतननाथ योगी १ हजार २९६, नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काँफ्ले २२२ मत प्राप्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्