काठमाडौं ४ मा गगन थापा विजयी, विजय जुलुसको तयारी
काठमाडौं, मंसिर ६ । काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् ।
काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।
थापाले निकटतम प्रतिद्वन्द्वी एमालेका भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन्। थापाले २१ हजार ३०१ मत पाए भने भट्टराईले १३ हजार ८५५ मत ल्याए।
गगन थापाले काठमाडौं- ४ बाट लगातार तेस्रो पटक जित हासिल गरेर ह्याट्रिक समेत गरेका छन् ।
थापा विजयी भएकाे घाेषणा हुन भने बाँकी छ । यता कांग्रेसले थापा विजयी हुने भएपछि विजय जुलुस निकाल्ने तयारी गरेकाे छ ।















प्रतिक्रिया दिनुहोस्