काठमाडौँमा घण्टीको तीन क्षेत्रमा अग्रता

काठमाडौं, मंसिर ६ । काठमाडौँका तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँको क्षेत्र नम्बर २, ६ र ८ मा आफ्नो अग्रता कायम गरेको छ ।

काठमाडौँ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले ३९५४ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् भने उनलाई राप्रपाकी कुन्तिदेवी पोखरेलले ३०२४ मत प्राप्त गरेर पछाएकी छन् ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी ओनसरी घर्तिले २८१२ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा एमालेका मणिराम फुयालले २५७० मत प्राप्त गरेका छन् ।

त्यसैगरी काठमाडौँको क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनालले अग्रता बनाएका छन् । उनले २०७९ मत प्राप्त गरेर अग्रता बनाएका छन् भने उनलाई काँग्रेसका भीमसेनदास प्रधानले १४१२ मत प्राप्त गरेर पछाएका छन् । त्यस्तै एमालेका सर्वेन्द्र खनालले १४०१` मत प्राप्त गरेका छन् ।

त्यसैगरी काठमाडौँ-८ मा पनि रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठले ५२८६ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । उनलाई हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ४२५४ मत प्राप्त गरेर पछाएका छन् ।

यस क्षेत्रमा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत प्राप्त गरेका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २०९० मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका प्रकाश रिमालले १२८२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्