काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं, मंसिर ६ । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन्।  श्रेष्ठ २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका थिए।

उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन्।यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

त्यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ५ हजार २७९ मत ल्याएर तेस्रो स्थानमा रहीन् भने राप्रपाका देवेन्द्र प्रधान ३ हजार ५६१ मतसहित चौथो स्थानमा रहे । साझा पार्टीका मिलन पाण्डेले १ हजार ८५० मतसहित पाँचौं रहे ।

प्रतिक्रिया दिनुहोस्