काठमाडौं–४ मा  गगन एक हजार बढी मतान्तरले अगाडि

काठमडौं, मंसिर ५ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा निकटतम प्रतिस्पर्धीभन्दा एक हजार बढी मतान्तरले अगाडि लागेका छन् ।

प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–४ मा जारी मतगणनाको पछिल्लो परिणामानुसार थापाले एक हजार २०५ को मतान्तर बनाएका हुन् ।

हालसम्म यहाँ १० हजार १७६ मतगणना भएको छ । थापाले चार हजार ६९६ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार राजन भट्टराईले तीन हजार ४९१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्