काठमाडौँ-१ मा प्रकाशमान अगाडी, रविन्द्र पछ्याउदै
काठमाडौं, मंसिर ५ । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।
सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको पछिल्लो नतिजाअनुसार सिंहले ८१८ प्राप्त गरेका छन् । त्यस्तै उनलाई राप्रपाका रवीन्द्र मिश्रले ७३६ मत प्राप्त गरेर पछ्याइरहेका छन् । अहिले मिश्र सिंहसँग ८२ मतले पछाडी रहेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५२७ मत ल्याएका छन् भने एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् ।
त्यस्तै नेपाल सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्