भक्तपुर-२ मा दुर्लभ थापाको अग्रता कायमै, महेश बस्नेत पछ्याउदै

काठमाडौं, मंसिर ५ ।  भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले आफ्नो अग्रता कायम राखेका छन् ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसका थापाले ४११३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले ३६८१ मत प्राप्त गरेका छन् । पछिल्लो मतगणना अनुसार थापाले बस्नेतलाई ४३२ मतले उछिनेका छन् ।

यस क्षेत्रमा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार ९१९ ७१.७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्