झापा-३ मा सिटौलालाई शुरुवाती अग्रता, लिङ्देनले पछ्याउदै
काठमाडौं, मंसिर ५ । झापा-३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणनाको परिणाम अनुसार २०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३६ र लौरो चिन्ह भएका उम्मेदवार योगेन्द्र खनालले ११ मत पाएका छन् ।
अहिले मतगणना जारी रहेको छ ।















प्रतिक्रिया दिनुहोस्