काठमाडौँ-७ मा घण्टीको अग्रता कायमै, मानुषी तेस्रो
काठमाडौं । काठमाडौं-७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायम राखेका छन् ।
विहान १० बजेसम्मको मत गणनाको परिणाम अनुसार पराजुलीले ३७५ मतसहित अग्रता लिएका छन् भने त्यस्तै नेकपा एमालेका श्याम कुमार घिमिरेले ३०४ मतसहित पछ्याएका छन् ।
त्यस्तै नेकपा माओवादीबाट उम्मेदवार बनेकी मानुषी यमी भट्टराईले २९० मत प्राप्त गरेकी छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्लले ८४ मत पाएका छन् ।
काठमाडौँ-७ मा २७ हजार ७५० मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्